काठमाडौं । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ । जापानमा बुधबार मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । हिजो २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।