काठमाडौं । गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवमा जुरी टिमले विभिन्न ९ विधाका उत्कृष्ट छनोट गरेको थियो ।