जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले भ्रष्ट्राचारविरुद्धको आन्दोलनलाई कटाक्ष गरेका छन् ।

सामाजिक संजालमा लेख्दै बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन भन्दै सिधै कारवाही गर्न जिताएको टिप्पणी गरेका छन् ।

बालेनले सडकमा यस्तो नाटक धेरै पटक देखेकोले आफुले अब नपत्याउने भन्दै भ्रष्ट्राचार गर्ने नेता को हो भन्ने थाहा छ भने बागमतीमा लगेर चोपल्न भनेका छन् ।

बालेनले भनेका छन् ।

भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाहा छ ?
घर कहाँ हो थाहा छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com