जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग अरु दुई ठूला दलका शिर्ष नेताले भेटेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले तीन दलका शीर्ष नेतृत्वबीच छलफल सुरु भएको जानकारी दिएको छ। छलफलको विषय भने खुलाइएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरण चर्किएको तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ९टीआरसी० सम्बन्धी विधेयकमा सहमति हुन बाँकी रहेका बेला ठूला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com