काठमाडौं । पररास्ट्रमन्त्री एनपी साउद आज बंगलादेशको ढाका प्रस्थान गरेका छन् । मन्त्री साउद छैटौं इन्डियन ओसन कन्फ्रेन्स (२०२३ मा भाग हुनका लागि ढाका प्रगएका हुन् ।
सो कन्फ्रेन्स दुई दिनसम्म चल्ने बताइएको छ। उक्त कन्फ्रेन्स हिन्द महासागर क्षेत्रको मजबुत भबिस्यकालागि शान्ती, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो।
कन्फ्रेन्स भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजना हुने जनाइएको छ।
सम्मेलन अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी रास्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको उनका स्वकीय सचिव दिपककुमार जोशीले जनाकारी दिए ।
प्रतिक्रिया