आश्विन १२, २०८० शुक्रबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धेरै फाइँफुइँ नगरी ऐना हेर्न चेतावनी दिएका छन् । आजदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले हिले आफ्ना कार्यकर्ता परिचालन गरेर महान भ्रष्टाचारविरुद्धका नायक, मेरो भ्रष्टाचारको विरुद्ध नयाँ लडाई सुरु भन्दै फाइँफुइँ गर्नुभन्दा अगाडि सम्झिन या ऐना हेर्न चेतावनी दिएका हुन् ।

आफ्नो पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा निकै आक्रोशित बनेका ओलीले क्यान्टोनमेन्टकाण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा कमाएको आरोप लगाए । त्यसरी खुट्टा नकमाई अनुसन्धान गर्न आग्रह गरेका ओलीले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागेको आरोप लगाए ।

कर्मचारीलाई तलब खुवाउन नसक्ने अहिलेको अवस्थामा लडाकुलाई प्रतिव्यक्ति दुई लाख दिने तथा घाइते र अपांगलाईसमेत किस्तामा रकम दिने कुरा गरेर उनीहरुलाई ५० हजारका दरले मात्र दिने र बाँकी रकम आफैंले राख्ने षड्यन्त्र गरेको आरोप उनले लगाए ।

राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? भन्दै प्रश्न गरेका ओलीले राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हुने बताए । क्यान्टनमेण्टको भ्रष्टाचारका बारेमा पहिलेदेखि नै केरै कुराहरु आएकोले यसमा अख्तियार सजग बन्नुपर्ने उनको भनाइ रहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com