काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।
आज (बिहीबार) बिहान सम्पन्न मतगणनाअनुसार ८४६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनका निकतटम् प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याए ।
श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई प्यानलबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार बनेका थिए ।
यस्तै एसोसिएटतर्फका निर्वाचित १९ सदस्यको पनि मतपरिणाम आइसकेको छ । एसोसिएट सदस्यमा सबै प्यानलको सहभागिता देखिएको छ । एसोसिएट सदस्यमा निर्वाचित रामशरण थपलियाले सबैभन्दा धेरै १ हजार ४४० मत ल्याएका छन् ।
महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरजकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य रामचन्द्र संघई समूहबाट उठेका थिए ।
वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए ।
जिल्ला नगरतर्फ उमेशलाल श्रेष्ठको बर्चस्व देखिएको छ ।
प्रतिक्रिया