आश्विन १०, २०८० बुधबार । September 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोभबीच नयाँ दिल्लीमा भेट भएको छ ।
जी–२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि साइडलाइमा भेट भएको हो । ब्लिंकेन र लाभारोभबीच करिब १० मिनेट कुराकानी भएको जनाइएको छ ।

भेटपछि अमेकिरी विदेशमन्त्री ब्लिंकेनले रुसी समकक्षी लाभारोभलाई युक्रेन युद्ध तत्काल अन्त्य गर्न आग्रह गरेको बताए । तर लाभारोभले कुनै जवाफ नदिएको बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको एक वर्षको अवधिमा अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच पहिलो पटक भेट भएको हो । ब्लिंकेनसँगको भेटलाई रुसले भने अकस्मात हिंड्दा हिंड्दैको भेट भन्दै नजर अन्दाज गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com