चैत्र २, २०८० शुक्रबार । March 15, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा तथा सिंचाइमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दा बस्नेतले उक्त जिम्मेवारी पाउन लागेका हुन् ।

२०७२ कार्तिक १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको क्याविनेटमा गृहमन्त्री बनेका बस्नेतले यसपटक पनि सोही मन्त्रालयमा दोहोरिन चाहेको भए पनि पार्टी उपाध्यक्ष नारायाणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

त्यस्तै हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका अमनलाल मोदीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ भने सरकारको प्रवक्तासमेत रहेकी रेखा शर्मा सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयकै जिम्मेवारीमा रहने भएकी छिन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेका सुदन किराँतीले पनि सोही मन्त्रालय सम्हाल्ने भएका छन् । ९ दलीय सत्तागठबन्धनमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, नेकपा (एकिकृत समाजवादी)ले २ जनता समाजवादी पार्टीले २ तथा अन्य साना दलले पनि एक–एक मन्त्रालय पाउने भएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com