चैत्र ६, २०८० मंगलबार । March 19, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन् ।

प्रचण्डलाई भेट्न अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला बालुवाटार पुगेका छन् ।

आजको भेटमा नेपालसहितको टोलीले गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखेको बालुवाटार श्रोतले बताएको छ । उनीहरुको अडानमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वकर्ता दल भएकोले गृहमन्त्रालय आफूहरुले नै राख्ने बताएका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com