चैत्र २, २०८० शुक्रबार । March 16, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वि।सं। २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।

हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको ग्लोबल आईएमई बैंकले यस वर्ष मण्डला चित्रकलालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए ।

मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए ।

क्यालेण्डरमा समावेश गरिएको मण्डला चित्रकलालाई कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेका हुन् । कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिए । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गरेका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com