आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुरेश सिवाकोटी
दोलखा । दोलखा जिल्लाको धार्मिक पर्यटकीय स्थल कालिञ्चोकमा लामो समयपछि हिउँ परेको छ । देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल भनेर चिनिने कालिञ्चोक क्षेत्रमा यो वर्षकै पहिलो पटक हिउँ परेको हो ।

कालिञ्चोक क्षेत्रमा लामो समयपछि हिउँ परेपछि हेर्न र खेल्न जानेहरुको व्यापक रुपमा भिड लागेको छ ।

कालिञ्चोक क्षेत्रमा पहिला छिट्टै हिउँ पर्ने हुनाले आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति रहन्थ्यो । तर, यस पटक भने हिउँ पर्न ढिला भएकाले पर्यटकहरु कम भएका थिए ।

कालिञ्चोक क्षेत्रमा ढिला भए पनि हिउँ परेकाले पर्यटकहरु बढ्ने स्थानीयहरु बताउँछन् । हिउँद मास सकिन लागेपछि हिउँ परेकाले पनि यहाँका स्थानीयमा उत्साह थपिएको हो ।

धार्मिक पर्यटन क्षेत्र कालिञ्चोकमा हिउँ परेपछि पर्यटकहरु आकर्षित हुने अनुमान गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com