आश्विन ११, २०८० बिहिबार । September 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा परि पालानु यादवले छोरीको बिबाहका लागि जोहो गरि राखेको नगद ५ लाख, गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको छ ।

छोरीको विबाहका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो २ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर खरानी भएको पिडित यादवले बताए । आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा बाख्रासमेत जलेको स्थानीयक‍ो भनाइ रहेको छ ।

राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बरुणयन्त्र,स्थानीयबासी र प्रहरीको सहयोगमा २ घण्टापछी नियन्त्रणमा आएको स्थानीयले जनाएको छ । आगलागीको कारण बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com