सुरेश सिवाकोटी
काठमाडौं । भरखरै विनासकारी भूकम्प गएर ठूलो धनजनको क्षति भएको टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमाना जोडिएको देश टर्कीको दक्षिणी भागमा गत सोमबार राति ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
पछिल्लो पटक गएको भूकम्पमा परी फेरि तीन जनाको ज्यान गएको छ । उक्त नयाँ भूकम्पबाट टर्कीको छिमेकी मुलुक सिरियालाई पनि प्रभावित पारेको बताइएको छ । टर्की र सिरिया गरी दुई देशमा ६ सयभन्दा धेरै व्यक्तिहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।
केही समय अगाडि मात्रै टर्कीको सोही क्षेत्रमा केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको विनासकारी भूकम्प जाँदा ४४ हजारभन्दा बढीको मृत्यु हुनुको साथै ठूलो मात्रामा भौतिक संरचनाको क्षति भएको थियो । सो भूकम्पबाट पीडितको उद्धार गर्ने राहत वितरण गर्ने कार्यक्रम नसकिँदै अर्को शक्तिशाली भूकम्प गएपछि टर्कीमा झन् समस्या थपिएको समाचार एजेन्सीले जनाइएको छ ।
प्रतिक्रिया