आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुरेश शिवाकोटी

काठमाण्डौ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको छ । उक्त सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको हो ।

काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडक खण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै सम्झौता भइसकेको छ ।

कन्स्ट्रक्सनले कुल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किलोमिटर सडक खण्डको ठेक्का ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी सम्झौता भएको जनाएको छ । उक्त ठेक्का २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

सूर्यविनायक–धुलिखेल सडक खण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com