फाल्गुन ३०, २०८० बुधबार । March 13, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । बलिवुडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी विवाहको तयारीमा जुटेका छन् ।

पछिल्ला केहि बर्षदेखि प्रेम सम्बन्धमा रहेका सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गर्दैछन् ।

फेब्रुअरी ४ देखि ६ गतेसम्म यो दरबारमा विवाह संस्कार हुने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ र कियाराको विवाहमा कैयौं बलिवुड सेलिब्रेटी सामेल हुने बताइएको छ । मिडिया रिपोर्टका अनुसार दुवैको विवादलाई ओटीटी प्लेटफर्म अमेजन प्राइमले स्ट्रिम गर्न सक्ने अनुमान गरिएको छ ।

सिद्धार्थ ​​र कियाराको प्रेमकथा २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेपछि सुरु भएको थियो । फिल्मको सुटिङका ​​क्रममा दुवै नजिक आए र पछि डेटिङ गर्न थाले । शेरशाहमा दुवैको केमेस्ट्री निकै रुचाइएको थियो । यो फिल्म अमेजन प्राइममा रिलिज भएको थियो ।

सिद्धार्थको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी रोहित शेट्टीको सिरिज ‘इन्डियन पुलिस फोर्स’ मा देखिनेछन् । यससँगै कियारा कार्तिक आर्यनसँग ‘सत्यप्रेम की कथा’ मा पनि देखिनेछिन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com