चैत्र १७, २०७९ शुक्रबार । April 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । बेंसीशहर नगरपालिका–२ ले आफ्नो वडाका वृद्धाहरूको लागि न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले ८० वर्षभन्दा माथिका १२० जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।

वडा कार्यालयसम्मा पैदल यात्रा गर्न समस्या हुने र जाडोयाममा चिसोबाट बच्न उक्त कपडा ९कम्मल० वितरण गरेको वडा अध्यक्ष मदन रानाले बताए ।

चालु आर्थिक वर्ष २०७९्८० मा विनियोजित बजेटबाट बृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको बताइएको छ । वडा न २ स्थित गैरीगाउँ, नरुवाल, पाखाथोक, गैरीबजार, नारीबोटे, धुपीचौर, भकुण्डे, तालफाँट, टारगाउँ लगायका टोलका वृद्धवृद्धाहरुलाई सम्मान सहित न्यानो कपडा दिईएको वडाध्यक्ष रानाले जाकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com