चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको छ । सो घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, सभापति श्री शेरबहादुर देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com