फाल्गुन १६, २०८० बुधबार । February 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेको र त्यो इतिहासमा छलफल हुने बताए।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । सोही कारण प्रधानमन्त्रीले मागेको विश्वासको मतको प्रस्तावमा एमालेको समर्थन पनि रहने जनाए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com