माघ २०, २०७९ शुक्रबार । February 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । राजस्व अनुसन्धान विभागले करोडौं कर छलि गरेको आरोपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक महर्जनविरुद्ध मुद्दा दायर गरेको छ । करोडौं राजस्व चुहावट गरेको आरापमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरेको विभागले जनाएको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com