मंसिर ७, २०८० बिहिबार । November 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/०७९को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागी १२.५० लाभांश वितरण गर्ने भएको छ ।

समितिको बैंठकले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश कर सहित लगानीकर्ताहरुलाइ उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभामा प्रस्तावहरु पेस गर्ने निर्णय गरेको छ । सभा, कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com