मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँले घटेकोे छ । घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो

शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com