चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मर्मतको लागि एक हप्ता फोहोर नउठाउने जनाएको छ । महानगरले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिने जनाएको हो ।

महानगरपालिकाले सूचना प्रकाशन गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जनाएको छ ।
यसअघि फोहोर व्यवस्थापन गर्दै आएको ठाउँ नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले फोहोर व्यवस्थापनको काम एक हप्ताका लागि रोकिएको महानगरले जनाएको छ ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न महानगरले आग्रह गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com