मंसिर १९, २०८० मंगलबार । December 6, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र व्यवसायिक क्षेत्रमा राखेका अवैध सायनबोर्डहरु १५ दिनभित्र नहटाए जरिवाना हुने भएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी १५ दिनभित्र त्यस्ता बोर्डहरु नहटाए कारबाही गर्ने चेतावनी दिएको हो ।

यसअघि ३५ दिने सूचना जारी गर्दापनि सम्बन्धित पक्षले त्यस्ता बोर्डहरू नहटाएको भन्दै १५ दिनभित्र सूचना पाटी हटाउन र अब पनि सूचनालाई अवज्ञा गरी साइनबोर्ड नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्ध्ति पक्षबाट नै असुल उपर गराइने उल्लेख गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com