चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पूर्व प्रधानन्यायधीश तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटपछि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा सुरु भएको छ । सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपतिको भागबण्डाको कुरा चलेको बेलामा रेग्मी प्रधानमन्त्री मंगलबार साँझ सरकारी निवास बालुवाटार पुगेका थिए । त्यसपछि राष्टिय राजनितिमा तरङ मचिएको हो ।

कांग्रेसले राष्ट्रपतिसहित पहिलो चरणमा प्रधानमन्त्री आफूले गर्न पाउनुपर्ने अडान राखेपनि माओवादीले त्यसलाई स्विकार्यता प्रदान गरेको छैन । माओवादी पाटीले पहिलो चरणमा आफुँ सरकारमा रहनुपर्ने माग राख्दै आएको । यदि माओवादीले पहिलो चरण कांग्रेसलाई सरकारको प्राथमिकता दिनुपरेको अवस्थामा राष्ट्रपति आफूले पाउनुपर्ने माग राखेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com