मंसिर १९, २०८० मंगलबार । December 6, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारेपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् ।
फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन् ।

तिनीहरूमध्ये एकले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
मोरक्कोका फ्यानहरूले फ्रान्सको फाइनलमा छनोट भएको उत्सव मनाउनेहरूलाई वस्तुहरू फ्याँकेका थिए ।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका जनसंख्याको बाहुल्यता छ । भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो । तेस्रोका लागि शनिबार मोरक्कोले क्रोयसियाको सामना गर्दै छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com