चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । गत २० मंसिरमा बसेको आयोगको बैठकले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको हो ।

आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ ।

उक्त पत्रमा उल्लेख गरिएको छ, ‘मधेशी आयोगको मिति २०७२÷०८÷२० गतेको बैठक बाट मधेशी आयोगको ‘नेपालमा अध्ययन प्रतिवेदन २०७८’ मा उपसमुह १ थारू जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।’

थारू र मुस्लिम समुदायसम्बद्ध विभिन्न संघसंगठनहरुले आफूहरूलाई थारू र मुस्लिम समुदायलाई मधेशी क्लस्टरमा नराख्न माग गर्दै आयोगमा निवेदनसमेत दिएका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com