आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र बिक्री सह(प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो।

अपर तामाकोशीले चुक्ता पुँजीको शत् प्रतिशत हकप्रद सेयर वितरण गर्दैछ। कम्पनीले कुल १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने छ।

नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह(निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त्त गरेको हो।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com