माघ १३, २०७९ शुक्रबार । January 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। नबिल बैंकले ३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी मध्येको हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिका नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता सेयर बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

आवेदन ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालमा आइपुग्ने गरी पेस गर्नु पर्नेछ।

हिमालय क्यापिटलले केही समयअघि सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएको थियो। उक्त प्रस्तावलाई बैंक संचालक समितिको बैठकले स्वीकृत गरेपछि सेयर बिक्री प्रक्रिया अघि बढेको हो।

पहिलो चरणको बिक्री खुला गरिएको ३५ दिनभित्र विद्यमान संस्थापकले सेयर खरिद गर्न इच्छा नदेखाए बैंकले अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्रीका लागि बाटो खुला गर्ने छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com