माघ १७, २०७९ मंगलबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् ।

उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् ।

थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् ।

उनले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिँदा अफवाह फैलाउनेलगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले समाजिक हिंसाज्य घट्नालाई अन्त्य गर्नको लागि एकजुट हुनु आवश्यक रहेकोको बताइन् ।

संघका अध्यक्ष डा। बद्री केसीले विकसित समाजमा समेत पर्याप्त रूपमा महिला हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रूपमा रहेको बताए । उनले महिलामा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए ।

एमाले सांसद विद्या भट्टाईले लैगिक असमनताकै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरिन् । उनले नेपालमा साइबर क्राइम, यौन हिंसा निर्मूल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् ।

अर्की सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझै कम रहेको बताइन् । उनले सामाजिक सिहंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । महतोले गैरआवासीय नेपालीले विदेशका अन्य देशमा भएका महिला हिंसाविरुद्ध सम्बन्धी कानुनबमोजिम पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताइन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com