आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com