आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका महिलाहरुले लैङ्गिक हिंसाविरुद्धको अभियान थालेका छन् । उनीहरुले नेपालमा हुने गरेको लैङ्गिक हिंसाविरुद्ध विभिन्न चेतनामुलक कार्यक्रमहरु लिएर पहिलो पटक १६ दिने अभियान चलाएका हुन् ।

उक्त चेतनामुलक अभियानमा ¥याली, गोष्ठी, अन्तत्र्रिmया, जागरुकता लगायतका कार्यक्रम सञ्चालन गरेका छन् । कार्यक्रमले ओझेलमा परेका मुसहर समुदायका महिलाहरुमा चेतना फैलाउने उद्देश्यले लैङ्गिक हिंसाविरुद्ध अभियान चलाइएको हो । मुसहर समुदायका महिलाहरुले लैङ्गिक हिंसाविरुद्ध अभियान चलाएको यो पहिलो पटक हो ।

यस्ता चेतनामुलक अभियानले लंङ्गिक हिंसा कम हुने र मुसहर महिलामा आत्मानिर्भरता बढाउने क्षमता विकास हुने जनाइएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com