चैत्र १०, २०८० शनिबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको हो ।

बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com