चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

धनगढी । जलवायुसँगै जलवायुजन्य विपद्बारे साझा धारणा बनाउन आयोजित दोस्रो कञ्चनपुर सम्मेलन–२०७९ु कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको छ ।

कञ्चनपुरका सरोकारवाला निकायको उपस्थितमा भएको सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले सुरक्षित र दिगो विकासका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेका छन् । जलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्न ठोस तथा प्रभावकारी कदम चाल्न कञ्चनपुरका जनप्रनिधि एक ठाउँमा उभिएका हुन् ।

पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले महाकाली तटीय क्षेत्र, मोहना, दोदा, शुक्लाफाँटा आरक्षसँग जोडिएको बस्ती र चुरे क्षेत्र सधैँ जोखिममा रहेको भन्दै सरोकारवाला निकायले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने सहमति भएको बताए ।

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी जिल्ला तथा स्थानीय स्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गरिनेलगायतका बुँदाहरूमा जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com