चैत्र १०, २०८० शनिबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्युठान नगरपालिका–६ माझकोटका ३५ जना बिहे भोजमा सहभागी भएको कारण गम्भीर बिरामी परेका छन् । विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेको जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जाकारी दिए ।

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ । जन्ती गएर गाउँ फर्किएका उनीहरु एकैसाथ बिरामी परेपछि प्युठान नगरपालिकाबाट ४ वटा एम्बुलेन्सको व्यवस्था गरी उनीहरुलाई अस्पताल लगिएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com