जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । निर्वाचन यता सत्ता गठबन्धनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्दै छ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादीका महासचिव देव गुरुङले गठबन्धनको बैठक बस्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल समेत हुने बताएका छन् । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ । त्यसमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com