जेष्ठ १५, २०८० सोमबार । May 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ। वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com