चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले अग्रता लिएका छन् ।

शाहीले ९ हजार २२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले ७ हजार ४ सय ४७ मत पाएका छन् । शाही थापाभन्दा १५ सय ७५ मतले अगाडि छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेसकै उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले २०६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले ८८५२ मत ल्याएका छन् ।

उनीहरूबीच २२२४ को मतान्तर छ । बाजुरामा ६०१५२ मत खसेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com