चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले आफ्ना सम्मानित नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर दुई पार्टीबीच विवाद चलेका बेला एमालेले खनाललाई जथाभावी नबोल्न चेतावनी दिएका बेला एकिकृत समाजवादीले पनि जवाफी चेतावनी दिएको हो ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com