काठमाडौं । चुनाव सम्पन्न भएको १० दिनपछि बाजुरामा मतगणना शुरु भएको छ ।
एमाले र कांग्रेसका बिचमा विवाद भएपछि रोकिएको गणना आजबाट शुरु भएको हो । प्रारम्भिक परिणामअनुसार कांग्रेसका सहमहामन्त्री समेत रहेका बद्री पाण्डले अग्रता कायम गरेका छन् । १५७४ मत गण्ना गर्दा पाण्डेले ८१६ मत पाएका छन् ।
उनलाइ एमालेका उम्मेदवारले कर्ण थापाले पछ्याएका छन् । थापाले ७११ मत पाएका छन् ।
प्रतिक्रिया