काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । काठमाडौंमा अयोजित एक कार्यक्रममा उनले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागिपरेको उनले बताए । वास्ताविक सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको र त्यसपश्चात उनीहरूको बर्गीकरण गरिने मन्त्री चौधरीको भनाइ छ ।
उनले भने, ‘साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ । उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं। अपार्टमेन्टमा नअटे हामीले नै भाडा तिरेर अन्यत्र राख्छौं ।’
उनले सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने बताए । ‘सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ। त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं ।’
प्रतिक्रिया