मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बाजुरा। बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्।

घटनामा संलग्न भएको आशंकामा वडाध्यक्ष अयडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मंसिर ४ गते भएको निर्वाचनमा बाजुराका विभिन्न २० भन्दा बढी ठाउँमा विवाद उत्पन्न भएको थियो। सोही कारण स्थगित मतगणना आज (बिहीबार) मात्र सुरु भएको छ।

निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर हत्या गरिएको थियो।

मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजी गरिरहेको जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष अएडी यसअघि पनि विवादमा तानिएका थिए। उनले नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाजुराले एक लाख रुपैयाँ धरौटीमा छोडेको थियो।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com