मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरि क्यान्सर रोगबाट ग्रसित भइ मेडीसिटी अस्पताल भैसेपाटीको कक्षमा भेन्टिलेटरको सहायतामा उपचारत छन् ।

उनको शिघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा सम्पन्न भएको छ ।

नेपाली काङ्गग्रेस बैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य , दिपकुमार उपाध्याय ,दुर्गासुवेदी लगायतले उहाको ब्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गरेका थिए।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु एन पि सावद,दिपक गिरी,सन्जय गौतम ,प्रतिमा गौतम ,गुरु बराल नानू बास्तोला साथै नेताहरु तिर्थराम डंगोल ,होमनाथ दाहाल को पनि सहभागिता थियो । वटुकहरुद्वारा शान्ती पाठ र महामृत्युञ्जय मन्त्रोचारण गरी सुरु गरिएको प्राथना शभामा सहभागी सबैले दिप प्रज्वलनगरि चिन्तक गिरिको स्वास्थलाभको कामना गरेका थिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com