चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन् । बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा भित्री चोट लागेको एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए ।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बिहिबार राती टाउकाको शल्यक्रीया गरिएका उनलाई अहिले भेन्टीलेटरमा राखिएको छ । मोटरसाइकल चलाइरहेका युवा संघ जन्तेढुंगा अध्यक्ष चासुम राई पनि घाइते भएका छन् । चासुम भने खतरामुक्त छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com