माघ १३, २०७९ शुक्रबार । January 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए ।

नेपालमा ८ वटा उत्तर कोरियाली कम्पनीले लगानी गरेका छन् । अस्पताल, होटल, रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा लगानी गरेका छन् । लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञामा समस्या परेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन राजदूत मेनले आग्रह गरेका हुन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com