चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने विषयमा भइरहेका अवरोध हट्ने भएको छ ।

बुधबार बेलुका अवरोध हटाउने विषयमा काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार फोहोर बोकेर आएको गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहोर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गत जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी थिए । त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com