मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो ।

बल्खु खोलामा जोडिएको ७(८(०(० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामुहिक उजुरीपरेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ । यदि त्यसो नभएमा महानगर आफैले कानुन अनुसार हटाउने बताएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com