मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसका नेता, राजनीतिक विश्लेषक तथा सांसद प्रदिप गिरि मेडिसिटी अस्पतालमा उपचारत छन् । समाजवादी चिन्तक गिरि केही समयदेखि क्यान्सर रोगबाट पीडित छन् । मित्र रास्ट्र भारतमा उपाचार गरी फर्किएपछि स्वास्थलाभ गरिरहेका गिरिको स्वास्थमा फेरि समस्या देखिएपछि काठमाडौंस्थित मेडिसिटी असपतालमा भर्ना गरिएको हो ।

गिरिको स्वास्थयलाभ तथा दिर्घायूको कामना गर्दै प्रार्थना(सभाको आयोजना गरिने भएको छ । मेडिसिटि अस्पतालको आईसीयुमा उपचारत गिरिको स्वास्थलाभको कामना गर्दै नेपाली काङ्ग्रेस वैचारिक अभियानले भदौ ३ गते शुक्रबार दिउँसो २ बजे नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा प्रार्थना शभाको आयोजना गर्ने भएको छ ।

विचार र चिन्तनको राजनीतिलाई प्रोत्साहन गर्ने अभिप्रायले संगठित यो अभियानले विचारको राजनीतिबाट स्खलित नेपाली राजनितीलाई मूलबाटोमा डो-याउन नेता प्रदिप गिरि जस्ता जबर्जस्त चिन्तक देशलाई अझ बढी आवश्यक रहेकाले गिरिको चाँडोभन्दा चाँडो पूर्ण स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना शभा आयोजना गर्न लागेको कार्यक्रम संयोजनमा सक्रिय कांग्रेस नेता युवराज खातीले बताएका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com