काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयस्थित क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भए(नभएको जानकारी लिएका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित भएको छ ।
मन्त्री शर्माले अर्थ मन्त्रालयमातहतका सिहंदरबार बाहिरका क्यान्टिनमा समेत सिलिण्डर हटाउन निर्देशन दिएका छन् । सरकारले यसवर्ष बजेटमै साउनभित्र सिंहदरबारबाट ग्याँस सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो ।
आगामी तीन महिना भित्र महानगर र उपमहानगर मातहतका कार्यालयबाट समेत ग्यास सिलिण्डर विस्थापित गर्ने घोषणा सरकारले गरेको छ ।
प्रतिक्रिया