आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो ।

सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा दिपेश कार्की रहेका खड्काले जानकारी दिए ।

जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोध हटाउन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com